काठमाडौँ । नेपालला लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई भेट्ने क्रम तिब्र बनाएकी छन् । यसैक्रममा राजदुत यान्छीले नेकपाका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छन् ।
नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालेले अध्यक्ष नेपाल र राजदुत यान्छीबीच भेटवार्ता भएको जानकारी दिएका छन् ।
भेटका अवसरमा अध्यक्ष नेपाल र राजदुत यान्छीबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।
राजदुत यान्छीले प्रचण्ड-नेपाल समुहले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई पार्टी अध्यक्ष बनाएपछि पहिलो पटक भेटेकी हुन् ।
राजनीतिक रुपमा नेकपा फुटेर दुई समुहमा विभाजित भएपछि राजदुत यान्छीले आफ्नो भेटवार्ता तिब्र बनाएकी छन् । उनले यस अघि विहिबार नेकपा अध्यक्ष प्रचण्डलाई भेटेकी थिइन् ।




