काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी पूर्वसभामुख तथा सत्तारुढ नेकपाको प्रचण्डमाधव पक्षका स्थायी समिति सदस्य कृण कहादुर महरालाई भेट्न महरा निवासमा पुगेकी छन् ।
नेकपाको आन्तरिक विवाद समाधान गराउन र फुटबाट जोगाउन सक्रिय यान्छी नेकपा राजनीतिक रुपमा फुटेपछि महरालाई भेट् पुगेकी हुन् । राजदूत यान्छीको महरासँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।
यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्प कमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् ।




