काठमाडौं । सत्तारुढ नेकपाको विवाद विद्यार्थी संगठन अनेरास्ववियूमा पनि देखिएको छ । अनेरास्ववियूका संयोजक ऐन महरलाई सहसंयोजक रञ्जित तामाङले कारबाहीको माग गर्दै केन्द्रीय समितिका अध्यक्षद्वयलाई पत्र लेखेका छन् ।
तामाङले संयोजक महर निरपेक्ष रुपमा सत्ताको भजन, किर्तनमा लागेको भन्दै कारबाहीको सिफारिस गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको भर्त्सना गर्दै महरलाई कारबाहीको सिफारिस गरेका हुन् ।





