समाचार

कांग्रेस नेता पाण्डेलाई मातृशोक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेकी माताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पूर्व सांसद पाण्डेकी माता योगेन्द्रकुमारीको शुक्रबार बिहान ९८ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले शुक्रबार एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकाे छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिएकी माता योगेन्द्रकुमारीले आफ्ना सन्ततिलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *