काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ सुरु भएको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो ।
५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।




