समाचार

चुनाव चिन्हबारे उजुरी परेको छैन : निर्वाचन आयोग

काठमाडौँ । नेकपा विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली समुह र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल विभाजित भएसंगै दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक गरेका छन् ।

निर्वाचन आयोगमा एक अर्कालाई कारबाही गरेको सूचना दिएपनि आयोगले अहिलेसम्म नाम र चुनाव चिन्हबारे कुनै उजुरी नपरेको जानकारी गराएको छ । दुबै समुहका नेताहरूले सूर्य चुनाव चिन्हबारे दाबी गरिरहेका छन् ।

निर्वाचन आयोगमा सबैभन्दा पहिला ओली पक्षले केन्द्रीय समिति विस्तार गरिएको सूचना दिएको थियो । त्यस्तै, माधव नेपाललाई अध्यक्ष बनाइएको जानकारी पनि आयोगमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *