काठमाडौँ। २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त भएको धरहराको २० औं तलाको पुनर्निर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न जानकारी दिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बार्दली बनाउने काम भइराखेको बताए। यहीँबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।
जमिनमुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनर्निर्माण भइरहेको छ । २३ तले धरहराको कुल लागत तीन अर्ब ४५ करोड रुपैयाँ छ ।




