समाचार

संसद् जीवितै रहेको निष्कर्षसहित जसपाले सभामुख सापकोटालाई भन्यो, संसद् बोलाउनूस्

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई
बैठक बोलाउन आग्रह गरेको छ ।

बिहीबार दिउँसो सिंहदरबारमा सभामुख सापकोटालाई भेट गर्दै जसपा नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णले बैठक बोलाउन आग्रह गरेका थिए । जसपाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलन थालेको छ । बुधबार जसपाले देशव्यापी प्रदर्शन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *