कोशी प्रदेश

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन

इलाम । इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ ।

इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो । भेलाले रमेश पराजुलीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका सहसंयोजकमा सुनिता खालिङ चयन भएका छन् । त्यस्तै समितिको सदस्य सचिवमा टीका खतिवडा तथा सदस्यमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजाता सुनुवार, सोनु मुखिया, सुष्मा श्रेष्ठ र विक्रम सुन्दास चयन भएका छन् ।

सूचनाको हकको प्रचलन, प्रवद्र्धन र सम्वद्र्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरणसमेत गर्ने सञ्जाल प्रदेश नम्बर १ का सदस्य राम योङहाङले बताए ।

उनले स्थानीय तहमा यसको प्रभावकारीरूपमा प्रयोग गर्नसके बढ्दै गएको भ्रष्टाचारसमेत न्यूनीकरण हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *