समाचार

प्रचण्डलाई भेटिन् चिनियाँ राजदूत यान्छीले

काठमाडौं । चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । प्रचण्डलाई भेट्न उनी बिहीबार बिहान खुमलटार पुगेकी थिइन ।

प्रचण्डसँगको भेटमा यान्छीले देशको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपामा देखिएको राजनीतिक फुटका विषयमा कुराकानी गरेकी थिइन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र बनेको छ । उनले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गरेकी थिइन्। उनले माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि भेट्ने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *