समाचार

ओली पक्षको सातै प्रदेशमा प्रशिक्षण, खटाइए कमान्डर

काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले सातै प्रदेशमा प्रशिक्षण भेला सञ्चालन गर्ने भएको छ । त्यसका लागि विभिन्न केन्द्रीय नेतालाई प्रशिक्षण सञ्चालन गर्न खटाएको छ ।

बुधबार नेकपा (ओली पक्ष) का प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रदेशमा खटाइएको नेताहरूबारे जानकारी गराएका छन् ।

जसअनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे, कर्णाली प्रदेशममा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा
लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई खटाइएको छ ।

यस्तै, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश नम्बर २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो तथा प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेलाई तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *