समाचार

विमानस्थल घेराबार अन्तिम चरणमा

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ । गत मंसिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधिमै कार्यसम्पन्न गर्ने योजना बनाएकाले उक्त काम अन्तिम चरणमा पुगेको हो ।

बिहानदेखि बेलुका अबेरसम्म काम गरिएपछि विमानस्थल घेराबारको काम ८० प्रतिशत पूरा भएको बानियाँ निर्माण सेवा प्रालि हेटौंडाका प्रतिनिधि दानबहादुर रावलले बताए ।

दश वर्ष अगाडि निर्माण भएको घेराबार जीर्ण र विमानस्थलमा चौपाय विमानस्थलभित्र जान थालेपछि घेराबार थालिएको हो । कूल एक हजार ४ सय १० मिटरमध्ये हालसम्म एक हजार १ सय मिटर घेराबार कार्य सम्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *