समाचार

ओलीले पनि बोलाए केन्द्रीय कमिटीको बैठक

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले बताएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले भने स्थायी कमिटी बैठकबाट भोलि दिउँसो १ बजेका लागि बबरमहलमा बैकठ बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *