काठमाडौँ । सरकारले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि त्यस विरुद्ध सर्वोच्च अदालतमा ९ वटा रिट दर्ताका लागि पेस भएका छन् ।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दर्ताका लागि पेस गरिएको हो ।
सर्वोच्चमा आइतबार ३ वटा सोमबार दिउँसोसम्म थप ६ वटासहित ९ वटा रिट दर्ताका लागि पेस भएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।उनले सबै रिट दर्ता प्रक्रियामा रहेकाले प्रक्रिया पूरा भएपछि दर्ता हुने जानकारी दिए ।




