काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका निवर्तमान सांसदहरूसँग छलफल गर्ने भएका छन् ।
आफू चालेको कदममा साथ दिन नेताहरुसँग विशेष छलफल गर्न आज बिहान ९ बजे बालुवाटारमा बोलाएका छन् ।
पार्टि भित्रैबाट संसद् विघटनको व्यापक विरोध भइरहेको बेला प्रधानमन्त्री आफू निकट सांसदहरूलाई बोलाएका हुन् ।
छलफलमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहने बताइएको छ ।
उता पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आफ्ना निकट सांसद्हरुको भेला बोलाएका छन् । दाहाल र नेपालले सोमबार दिउँसो १ बजे संसद् भवनमै बैठक राखेका छन् ।




