काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको विरोध गर्दै सबै प्रकारका संघर्ष गर्नेमा सहमति गरेका छन् ।
कांग्रेसको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको ठहर गर्दै यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी भएको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत उपस्थित रहेका थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल उपस्थित थिए । त्यस्तै जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो उपस्थित रहेका थिए ।




