काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको जानकारी गराएका छन् ।
छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द थापा, नेपाल प्रहरीका महनिरिक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महनिरिक्षक शैलेन्द्र खनाल उपस्थित थिए ।




