काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र अन्य आयुक्तहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा अपरान्ह बालुवाटारमा छलफल गरेको जानकारी दिएका छन् ।




