समाचार

के छ धारा ७६ र ८५ मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ अनुसार संसद विघटनको घोषणा गरेकी हुन् ।

भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा ताजा जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति पनि तोकेकी छन् ।

राष्ट्रपतिले संसद विघटनका लागि टेकेको संविधानको धारा ७६ र ८५ मा प्रधानमन्त्री, मन्त्रिपरिषद् र संसदका विषयमा आवश्यक व्यवस्थाहरु रहेका छन् । तर, संसद विघटनका लागि प्रष्ट व्यवस्था भने रहेको छैन ।

यसअघि आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *