काठमाडौं ।नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनको विरोध गरेका छन् ।एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले संसद् विघटन गर्ने गैरसंवैधानिक कदम गलत र भर्त्सनायोग्य रहेको बताएका छन् ।
यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यतालाई समाप्त पार्ने बताएका छन् ।





