काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् । संसद् विघटन भएपछि देखिने राजनीतिक अस्थिरता नियन्त्रणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले चारै सुरक्षा अंगका प्रमुखलाई बालुवाटार बोलाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचन घोषणा गरिसकेकी छन् । तर दलहरूले सरकारको निर्णयविरुद्ध आन्दोलनको तयारी गरेपछि प्रधानमन्त्री ओलीले सुरक्षा परिषद् बैठक बोलाएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली संकटकाल लगाउने मनस्थितिमा देखिएका छन् । संकटकाल लगाएमा आन्दोलन र विरोध प्रदर्शन रोक्न सकिने उनको बुझाई छ ।
६ महिना संकटकाल लगाउने विषयमा बालुवाटारमा छलफल भएको स्रोतले बताएको छ । आफ्नो सरकारमा रहेका सात मन्त्रीले राजीनामा दिने भएकाले ओलीले आफू निकट नेतालाई नियुक्ति गर्ने तयारी पनि सँगसँगै गरेका छन् ।




