राजनीति

खुमलटारको निर्णयः संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले संसद् विघटनको सिफारिस फिर्ता लिन दबाब दिने निर्णय गरेका छन् ।

आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले हालै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न गरेको सिफारिस फिर्ता लिन दबाब दिने निर्णय गरेको हो । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *