समाचार

प्रधानमन्त्री ओली शितलनिवासबाट फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई फर्किएका छन् । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्ने सिफारिस बोकेर प्रधानमन्त्री ओली शितलनिवास पुगेका थिए ।

केही समय छलफल गरेपछि ओली बालुवाटार फर्किएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा छलफल गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *