काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शीतलनिवासको भेटवार्तालाई जारी राख्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
यसअअघि आजै बिहान प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेका थिए । त्यसपछि उनी गृहमन्त्री रामबहादुर थापा (बादल)लाई पुल्चोक पुगेका हुन् ।




