काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच भेटवार्ता भएको छ ।
संघीय संसदको अधिवेशन बोलाउने, संवैधानिक परिषद्सम्बन्धी सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल भएको थियो । छलफलको उद्देश्य संसदको बैठक बोलाउनका लागि लागि २५ प्रतिशत हस्ताक्षर संकलन गर्नु रहेको बताइएको छ ।
छलफलको उद्देश्य संसदको बैठक बोलाउनका लागि लागि २५ प्रतिशत हस्ताक्षर संकलन गर्नु रहेको छ
शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम लगायत सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल भएको थियो ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत पनि सहभागी थिए ।




