काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले सर्वोच्च अदालतको विसं २०७६ मंसिरको फैसलाअनुसार एक वर्ष कैद र रु ३६ लाख जरिवाना ठहर भएपछि फरार रहेका गोरखा घर भइ ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले श्रम तथा रोजगार प्रवर्द्धन विभागको पत्र जाहेरीका आधारमा अदालतले फैसला सुनाएका थापालाई बिहीबार काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए ।
उनले थापालाई फैसला कार्यान्वयनका लागि शुक्रबारनै काठमाडौं जिल्ला अदालत बबरमहल पठाएको बताए ।




