काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।
बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नलाई विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ।
शुक्रबार बिहान ७ बजे देखि १० बजेसम्म र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।




