समाचार

भालुको आक्रमणबाट तीन घाइते

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालु आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत साउनदेखि मंसिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १ सय ४३ जनाको अन्नबाली नोक्सान पु¥याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिने कानूनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो ।

भालुले घाइते बनाएका तीनैजना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *