समाचार

उखु किसानको बाँकी भुक्तानी एक साताभित्र गराउन सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी भुक्तानी एक साताभित्र गराउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योगीहरुबाट उखु किसानले पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा मन्त्री लेखराज भट्ट पनि उपस्थित थिए । उनले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका छन् । उद्योगीहरुलाई पक्राउ नगरिदिनु भन्दै नेताहरुले फोन आएको उनको गुनासो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *