समाचार

कारागारमा एक कैदीको मृत्यु

चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । लागुऔषध मुद्दामा विसं २०७६ साउन १८ गते दुई वर्ष कैद र रु १ लाख जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाइएको थियो ।

शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज बिहान ८ः४७ बजे मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *