काठमाडौ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोलीले सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै निवेदन लिएर शितल निवास गएका हुन ।
प्रधानमन्त्री केपी ओलीले संबैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि असन्तुष्ट नेकपा सांसद राष्ट्रपति कार्यालय पुगेका हुन । निवेदन भने दर्ता भएन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।
संसद अधिवेशन माग गर्नका लागि चाहिने सांसदको संख्या नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधब नेपाल पक्षभित्रैबाट जुटेको छ ।
विशेष अधिवेशन माग गर्ने अधिकार संविधानले सांसदहरूलाई दिएको छ । विशेष अधिवेशन माग गर्न एक चौथाइ सांसद भए पुग्ने संवैधानिक व्यवस्था छ । संसद अधिवेशन माग गर्नका लागि चाहिने सांसदको संख्या नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधब नेपाल पक्षभित्रैबाट जुटेको छ ।
प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउदै विभिन्न दलका नेता र सांसदले पनि संसद अधिवेशन बोलाउन माग गरेका छन् । केहीले प्रधानमन्त्री ओलीलाई महाअभियोग लगाउनुपर्ने पनि बताएका छन् ।




