समाचार

संवैधानिक परिषद्को बैठक सकियो, प्रधानमन्त्री ओली शीतलनिवासतर्फ

काठमाडौँ । संबैधानिक परिषदको बैठक सकिएको छ । बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ लागेका छन् ।

आजको बैठकमा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिस चोलेन्द्रसमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्र उपस्थित रहेका थिए ।आज बसेको संवैधानिक परिषद्को बैठकमा के निर्णय भयो भन्नेबारे खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *