काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले ल्याएको अध्यादेश लोकतन्त्रका लागि खतरनाक संकेत भएको बताएका छन् ।
सरकारले संबैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि सामाजिक संजालमा टिप्पणी गर्दै महामन्त्री कोइरालाले अध्यादेशले सिंगो संसद्को अपमान मात्रै भएको छैन, लोकतन्त्रका लागि खतरनाक संकेत भएको बताएका छन् ।
उनले हतारमा अध्यादेश जारी गरेर ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको बताएका छन् ।
उनले भनेका छन् –
संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउनका लागि राष्ट्रपतिलाई समेत राजनीतिक रुपमा प्रभावित पारेर यसरी हतारमा अध्यादेश जारी गर्नुले ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको छ। सिंगो संसद्को अपमान मात्रै भएको छैन, लोकतन्त्रका लागि यो खतरनाक संकेत हो। अध्यादेश फिर्ता लिएर तत्काल संसद बोलाउनुपर्दछ।




