समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रिठेपानी डाँडा कटान गर्न वातावरणीय प्रभाव मुल्याङ्कन शुरु

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) शुरु गरेको हो ।

वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ । विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनको लागि नम्बरिङ गर्ने काम भइसकेको छ ।

तर वन सम्बन्धी कार्यविधि अनुसार विामानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ती गरी उपलब्ध गराएपछि डाँडा कटान शुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *