समाचार

पुस तेस्रो साता हिउँदे अधिवेशन बोलाउने तयारीः सभामुख

काठमाडौं।संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आगामी पुस महिनाको तेस्रो हप्ता भित्र बस्ने गरि संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भरहेको बताएका छन् ।

१४ संघीय संसद सेवा दिवसका अवसरमा संसद भवनमा आयोजित मूल समारोहमा उनले बर्तमान व्यवस्था क्रमभंगको परिणामका रुपमा आएको उल्लेख गर्दै संसदलाई परम्परागत नभइ रचनात्मक बनाउनु पर्ने धारणा राखेका छन्।

सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीहरुलाई आफ्नो दक्षता देश र जनताको सेवामा अधिकतम प्रयोग गर्न सुझाव दिए।

कार्यक्रममा कानून, न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदको मुख्य काम कानून निर्माण गर्ने भएको बताउँदै कानूनको पूर्णतामा ध्यान दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले ठूलो संघर्षबाट स्थापित बर्तमान व्यवस्थालाई सुदृढ गर्न संसदलाई प्रभावकारी बनाउनुपर्ने धारणा थियो ।

कार्यक्रममा सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले निजामती सेवा र संसद सचिवालयमा लामो समय सेवा पुर्‍याउने कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *