समाचार

महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ

काठमाडौं । महालक्ष्मी विकास बैंकका कर्मचारीसहित तीनजनालाई अनियमितता आरोपमा प्रहरीले पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सन्दीप लिम्बू, पूर्ण राई र देवेन्द्र राई छन् । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

महालक्ष्मी विकास बैंकमा भएको अनियमिततामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन थालेको छ । स्रोतका अनुसार कर्जा प्रवाहमा ठूलो हिनामिना भएको छ । कमसल धितोमा धेरै कर्जा प्रवाह भएको खुलेपछि छानबिन सुरु भएको छ । हिनामिनामा बैैंकका उच्च तहका कर्मचारी समेत यसमा तानिने सम्भावना छ ।

महालक्ष्मी विकास बैंकमा व्यापारी अजेयराज सुमार्गीको लगानी छ । सुमार्गीले ब्रिटिस भर्जिन आइल्याण्ड र साइप्रसबाट नेपाल भित्र्याएको स्रोत नखुलेको तीन अर्ब रुपैयाँ नेपालमा ल्याएको विषय अहिलेसम्म पनि टुंगिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *