काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।
बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिकाे बैठकले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने सरकारको निर्णयप्रति गृहमन्त्री राम बहादुर थापा बादललाई निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियाे ।




