काठमाडौं । काठमाडौं र नयाँ दिल्ली बीच हवाई उडान शुरु हुने भएको छ। कोरोना महामारीपछि दुवै देश बीच हवाई उडान बन्द थियो ।
नेपालस्थित भारतीय दूतावासका अनुसार नेपाल र भारत सरकारबीच दुई देशका राजधानी बीच हवाइ उडान पुनः शुरु गर्ने सहमति भएको छ।
दूतावासले बिहीवार ट्वीट गर्दै भनेको छ – दुबै सरकारले एयर ट्रान्सपोर्ट बबल संयन्त्र अन्तर्गत दिल्ली र काठमाडौं बीच नियमित निर्धारित उडान पुनः शुरु गर्न अनुमोदन गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। एयर इण्डिया र नेपाल एयरलाइन्सले ती दैनिक उडानहरू सञ्चालन गर्नेछन्।
दूतावासले उडान तालिका र टिकटका लागि सम्बन्धित एअरलाइन्सका वेबसाइट हेर्नसमेत भनेको छ।




