समाचार

कांग्रेस पदाधिकारी बैठक सकियो, भयो यस्तो निर्णय

काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीसहितको बैठक सम्पन्न भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीकलण्ठमा बसेको बैठकमा मंसिर २९ गते हुन गइरहेको सरकाविरुद्धको देशव्यापी प्रदर्शनका बारेमा छलफल भएको छ ।

कांग्रेसले मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि अपिल गरेको छ । यस्तै, मोरङमा बर्बर ढंगले शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको विरोध गर्दै कडा कार्वाही माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन विप्लव नेकपालाई आग्रह गरिएको छ । बैठकमा क्रियाशील सदस्य एवं जनसम्पर्क समितिबारे छलफलसमेत भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *