काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला भारतको नयाँ दिल्लीमा छन् । आफ्ना दाजु निरञ्जन कोइरालालाई कोरोना संक्रमण भएको सुनेपछि उनी मोरङको कार्यक्रम छाडेर भारत प्रस्थान गरेका हुन् । दाजु निरञ्जन अस्पताल भर्ना भएको सुनेपछि शेखर बुधबार पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलबाट दिल्ली पुगेका हुन् ।
निरञ्जनको दिल्लीस्थित म्याक्स हस्पिटलमा आइसियूमा उपचार भइरहेको छ। निरञ्जन शेखरका एक मात्रै दाजु हुन् ।
शेखर एक साताअघि गृहजिल्ला मोरङमा विभिन्न कार्यक्रममा सहभागी हुन गएका थिए ।





