समाचार

पशुपतिनाथ मन्दिरमा मंसिर ३० गते क्षमापूजा गरिँदै

काठमाडौँ । विगत १० महिनादेखि कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा मंसिर ३० गते क्षमापूजा गरिने भएको छ । पुस १ गतेदेखि सर्वसाधारणका लागि पशुपतिनाथ खुला गरिँदै छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले क्षमापूजा गरी भक्तजनका लागि मन्दिर खोलिने जानकारी दिए ।

बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा रहेकामा यस वर्ष कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको निर्देशक खतिवडाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *