समाचार

२९ गतेको विरोध प्रदर्शनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बिहीबार बिहान ९ बजे देउवा निवास बुढानिकलण्ठमा पदाधिकारी बैठक बस्ने छ।

सरकारविरुद्ध मंसिर २९ गते तय गरिएको विरोध प्रदर्शनका सन्दर्भमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
यसका साथै १४ महाधिवेशनको तयारीका सन्दर्भमा पनि छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *