काठमाडौं । नेकपा केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।
लामा काभ्रेपलान्चोकबाट २०४८ सालको निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए ।
कोरोना संक्रमित लामाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा निधन भएको हो । भेन्टिलेटरमा उपचाररत उनको बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ।
६९ वर्षीय लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी थिए।




