संखुवासभा । चैनपुर नगरपालिका घोषणा भएको लामो समयपछि फोहरमैला विसर्जन केन्द्रको स्थापना गर्ने भएको छ ।
चैनपुर नगरपालिका स्थित दाहालडाडाँ नजिकको खाली जग्गामा फोरहमैला विसर्जन केन्द्रको वातावरणीय परीक्षण गरिएको छ । सेमी एरोविक लेण्डफिल्ड साइट मोडेलमा बन्ने सो केन्द्रमा सडने र नसडने फोहर छुट्याएर विसर्जन गर्ने गरि निर्माण गरिने नगरका ३ नंं वडाध्यक्ष बलबहादुर अधिकारीले बताए । सड्ने फोहरबाट मल समेत उत्पादन गर्न सकिने वडाध्यक्ष अधिकारीले वताए । १ हजार ७३ वर्ग मिटर क्षेत्रफल जग्गामा ९ हजार ६ सय ४ दशमलव ०६ घन मिटर क्षमताको सो विर्सन केन्द्र बन्ने भएको हो ।
शुक्रबार केन्द्रको प्रारम्भिक वातवरणीय परीक्षण सार्वजनीक सुनुवाई एक कार्यक्रममा फोहरमैला विर्सजन केन्द्रको वातवरणीय परीक्षणमा वायु प्रदुशण, दर्गन्ध, पानी प्रदुशण, माटो प्रदुशण, ध्वनी तथा कम्पन, भूमिगत जलश्रोत, व्यवसयजन्य सुरक्षा जोखिम जस्ता विषयमा परीक्षण गरिने वातावरण विज्ञ सन्देश पोखरेलले वताए । अनुमानित ३ करोड लगानी लाग्ने सो योजना पुरा हुन २ वर्षसम्म समय लाग्ने भएकाले यस अघि अस्थायी रुपमा भएपनि नगरले फोहरमैला व्यवस्थापन हुनु पर्ने स्थानीय बुद्धिजीवी ज्ञानबहादुर कार्कीले वताए ।
सार्वजनीक सुनुवाई कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीयवासी, बुद्धिजीवी, वडाध्यक्षहरु, व्यापारी लगायतको उपस्थिति रहेको थियो । वातावरण स्च्छ राख्न निमार्ण कार्य सम्पन्न भएपछि नगर फोहरमैला व्यवस्थानको ठूलो भूमिका रहने समेत वातवरण विज्ञ पोख्रेलले वताए ।




