समाचार

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ ।शनिबार दिउँसो हिन्दु राष्ट्र र राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन

पछिल्लोसमय सरकारको चर्को विरोध गर्दै राजावादीहरुले मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरी राजसंस्थाको पुनःस्थापनाको माग गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *