समाचार

ओली समूहलाई प्रचण्ड नेपाल समूहका युवा–विद्यार्थीको काउन्टर, थापाथलीमा भेला

काठमाडौं । सत्तारुढ नेकपाका शीर्ष नेतामा देखिएको विवाद अब युवा विद्यार्थी संगठनमा पनि देखिन थालेको छ । नेकपामा प्रधानमन्त्री केपी ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापी भेला र गोष्ठी गर्न थालेपछि त्यसलाई काउन्टर दिन प्रचण्ड र माधव नेपाल समूहका युवा विद्यार्थी सक्रिय भएका हुन् ।

जसअन्तर्गत आज प्रचण्ड नेपाल समूहको युवा–विद्यार्थी भेला सुरु भएको छ । काठमाडौंको थापाथली क्याम्पसमा सुरु भेलामा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत नेताहरुको सहभागिता छ । पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *