काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले आज पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद् बैठकले अघिल्लो हप्ता बढुवा समितिको सिफारिसमा उनलाई सिफारिस गरेको हो । उनी मन्त्रालयका वरिष्ठ सह–सचिव रहेका कार्की कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।
उनी नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष पनि हुन् । मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा कार्कीले कृषिको आयात प्रतिस्थापन गर्न पहल गर्ने बताए । किसानलाई कृषि ऋण, बीमा, सडक पूर्वाधार, सिँचाइको व्यवस्थापन गर्नुपर्ने उनको धारणा थियो ।




