बारा । बाराको सिमरास्थित जगदम्बा स्टीलको कवाड गलाउने भट्टी विष्फोट भएको छ । विष्फोटमा ४ जना कामदार घाइते भएका छन् । आज बिहान करीब १ बजे उद्योगको भट्टी विष्फोट भएको हो ।
विष्फोटमा परी २ जना नेपाली र २ जना भारतीय गरी ४ जना कामदार घाइते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
घाइतेहरुमध्ये सर्लाहीका विकिन्द्र यादवको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको उद्योगका सञ्चालक पवन गुप्ताले बताए ।




