समाचार

निर्वाचन स्थगन गर्ने निर्णयको कर्मचारी युनियनद्वारा आपत्ति

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्ने सरकारी निर्णयको नेपाल निजामती कर्मचारी युनियन(संघ)ले भर्त्सना गरेको छ ।

राष्ट्रिय स्तरका ट्रेड युनियनसँग परामर्श र सहमति बिना एकलौटी ढङ्गबाट दुई पटक चुनाव स्थगन गरेको भन्दै सङ्घले घोर भर्त्सना गरेको हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालय तथा अधिकृतसमेतसँग राय सुझाव नलिई गरिएको निर्णय लज्जास्पद र अश्वभाविक भएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *