काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् ।
बिहीबार बिहान नेपाल भ्रमणमा आएका सचिव श्रृंगलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
उनी आज निरन्तर भेटघाटमा व्यस्त छन् । यसअघि उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग छुट्टाछ्ट्टै भेटवार्ता गरिसकेका छन् ।




